सारांश
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा कानुन व्यवसायीहरू छलफलका लागि पुगेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो बयानका क्रममा नाम उल्लेख गरेका वकिलहरू छलफलका लागि पुगेका हुन् ।
समितिले उनीहरूलाई छलफलका लागि बोलाएको थियो । ९७ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अघि लगाएर बिहीबार वकिलहरू सिंहदरबारस्थित संसदीय समितिको कक्षमा पुगेका हुन् ।