सारांश
काठमाडौं । संसद्मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ ।
छलफलका लापग प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।