Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

१९०३ अघि नेपाल भारतकै हिस्सा थियो : ‘आदिपुरुष’ लेखक मनोज मुंतशिर


सारांश

१९०३ अघि नेपाल भारतकै हिस्सा थियो : ‘आदिपुरुष’ लेखक  मनोज मुंतशिर
images

काठमाडौं । ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगलाई लिएर ब्यापक विरोध भैरहँदा भारतीय चलचित्र ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुंतशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित बयान दिएका छन् ।

भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको बताउँदै जानकी भारतकी छोरी रहेको बताएका हुन् । उनले यो कुरा नेपालीले बुझ्न नसकेको पनि बताए ।

उनले भने:

नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् । नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन । नेपाली त हाम्रा भाई नै हुन् । यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन् । राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij