Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

स्मार्ट क्युआरमा सहकारीहरुको मोबाइल बैकिंग एप – एम डबली (MDabali) मार्फत भुक्तानी गर्न सकिने


सारांश

स्मार्ट क्युआरमा सहकारीहरुको मोबाइल बैकिंग एप – एम डबली  (MDabali)  मार्फत भुक्तानी गर्न सकिने
images

काठमाडौं ।    स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्० द्वारा संचालित स्मार्ट क्युआर मा आबद्ध मर्चेंन्टहरु लाइ एमडबली मार्फत भुक्तानी गर्न सकिने भएको छ । ईन्फोडेवलपर्स द्वारा संचालित एमडबली सहकारीहरु लाई लक्षित गरिएको मोबाइल बैकिंग सेवा हो । हाल १७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबली मा स्मार्ट क्युआर सेवा सुरु गरिएको हा े। हाल आर्जन बचत तथा ऋण सहकारीका एमडबली प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन भने छिट्टै नै अरु सदस्य सहकारी हरु मा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जनाउनु भयो ।

भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएतका एक लाख साठी हजार भन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्युआर नेटवर्कमा हाल सम्म बैंक तथा वालेट हरु मात्र आबद्ध भएको परिदृश्यमा एम डबली मार्फत सहकारीका सदश्य हरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले जनाउनु भयो । साथै सेवा सुरु गर्न लाई सहकारीहरु स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्नु भयो ।
ईन्फोडेवलपर्सले विगत २० वर्षदेखि सहकारी, वित्तीय संस्था, सरकारी, गैरसरकारी तथा  अर्ध–सरकारी संस्थाहरूमा गुणस्तर र भरपर्दो आईटी ९क्ष्त्० र कोर बैंकङ्ग सेवाहरू ९ऋयचभ द्यबलपष्लन क्भचखष्अभक० उपलब्ध गराउँदै आएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij