Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

संयम र आश्मा विवाह बन्धनमा


सारांश

संयम र आश्मा विवाह बन्धनमा
images

काठमाडौं ।

 कलाकार संयम पुरी र आश्मा डिसी विवाह बन्धनमा बाँधिएका छन् ।

शुक्रबार बौद्धस्थित पाँचतारे हायात होटलमा लामो प्रेम सम्बन्धलाई संयम र आश्माले विवाहमा परिणत गरेका हुन् ।

 संयम निर्देशक नारायण पुरीका छोरा हुन् भने आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । उनीहरु लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । 

संयम र आश्माले पहिलो पटक ‘आभाष’मा एकसाथ काम गरेका थिए ।

 ‘सायद’ बाट  डेब्यू गरेका संयमले ‘पुन्टे परेड’, ‘लभ सब’, ‘ग्याङस्टर ब्लुज’, ‘रातो घर’ लगायतमा अभिनय गरेका छन् ।  त्यस्तै आश्माले रेखा थापाको फिल्म ‘रामप्यारी, नाइँ नभन्नु ल ३ र आभासमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij