सारांश
काठमाडौं । काठमाडौंको कमलादीमा सिसामाथि हिँड्न मिल्ने 'स्काइ–वाक टावर' सञ्चालनमा आएको छ।
'वन्डर्स नेपाल' कम्पनीले शुक्रबार बिहान ८ बजेदेखि टावर औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। १३ रोपनीमा फैलिएको टावर ७८.५ मिटर अग्लो छ। टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामाथि हिँड्न पाइन्छ।
सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो। परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी लागेको कम्पनीले बताएको छ।
२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत जान सकिन्छ। सक्नेछन्। टावरको २५ औं तला पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिँड्न पाइन्छ। त्यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए।
स्काइ–वाक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।