Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डि सिने अवार्ड : पल र पुजा उत्कृष्ट नायक नायिका


सारांश

डि सिने अवार्ड : पल र पुजा उत्कृष्ट नायक नायिका
images

काठमाडौं । डि सिने अवार्डको १३ औं र १४ औं संस्करण सम्पन्न भएको छ ।

राजधानीको रसियन कल्चर सेन्टरमा सोमबार आयोजित कार्यक्रमका बीच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो ।

 
 समारोहमा कलाकारद्वय अर्जुन श्रेष्ठ र दीपाश्री निरौलालाई छायाँछबी रजत सम्मान र चलचित्र पत्रकार कुबेर गिरीलाई छायाँबछी चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । १३ औं संस्करण अन्तर्गत वर्ष २०७७ मा प्रदर्शनमा आएका ७ चलचित्रबाट विभिन्न पाँच विधामा अवार्ड प्रदान गरिएको थियो । सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र श्रीबाट सूर्य बाहोराले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड हिरो रिटन्स्बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड लक्ष्मी पुजाबाट जाहन्वी बस्नेत, नृत्य निर्देशकको अवार्ड चलचित्र गुड फ्रेण्डअजय स्याङताङ, र सह अभिनेताको अवार्ड हिरो रिटन्सबाट रोशन श्रेष्ठले प्राप्त गरेका छन् ।
 
यस्तै चौथौं संस्करणको डि सिने अवार्ड २०७८ अन्तर्गत १३ बिद्यामा अवार्ड प्रदान गरिएको छ । यस अवार्डमा चलचित्र म यस्तो गीत गाउँछुले उत्कृष्ट चलचित्र सहित छ विद्यामा अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट चलचित्र सहित यसै चलचित्रबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, पल शाहले उत्कृष्ट अभिनेता, पुजा शर्माले उत्कृष्ट अभिनेत्री, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् । चलचित्र चिसो एष्ट्रेबाट दीन्स पाल्पालीले उत्कृष्ट लेखक, चलचित्र हेल्लो जीन्दगीबाट सम्राट बस्नेतले उत्कृष्ट द्वन्द्व निर्देशक, चलचित्र आकाशे खेतीबाट रामजी लामिछानेले उत्कृष्ट नृत्य निर्देशक, चलचित्र लप्पन छप्पन २ बाट पुरुषोत्तम प्रधानले सर्वोत्कृष्ट छायाँकार, चलचित्र हेल्लो जीन्दगीबाट राजराज शिवाकोटीले उत्कृष्ट गायक र चलचित्र हेल्लोबाटै निर्देशक सूर्य बोहराले जुरी अवार्ड प्राप्त गरेका छन् ।
 
कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि उत्कृष्ट चलचित्र निर्माणका लागि चलचित्रकर्मीहरुलाई निरन्तर प्रोत्साहित गर्नुपर्छ भन्ने मान्यता अनुरुप यसलाई निरन्तरता दिइएको अवार्ड अध्यक्ष शान्तिप्रियले बताए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij