Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सरोज खनालको ‘बगान’ : एकल महिलालाई नि:शुल्क


सारांश

सरोज खनालको ‘बगान’ : एकल महिलालाई नि:शुल्क
images

काठमाडौं । कलाकार सरोज खनालले डेब्यु निर्देशन चलचित्र ‘बगान’ एकल महिलालाई निःशुल्क रुपमा देखाउने घोषणा गरेका छन् । ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले चलचित्रको कथावस्तु पनि एकल महिलामा आधारित भएकाले उनीहरुको सम्मानका लागि यस्तो निर्णय गरिएको बताए ।

समारोहमा उपसभामुख इन्दिरा राना, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरियो ।

एकल महिलालाई शैक्षिक रुपमा सशक्त बनाउनुपर्छ भन्ने कथावस्तु पनि चलचित्रले पेश गर्ने अभिनेता खनालले बताए । ‘चलचित्र मा मैले आमालाई शिक्षित बनाएको छु । आमा शिक्षित हुँदा छोरी पनि शिक्षित हुन्छिन् । चलचित्र पूर्ण रुपमा शिक्षाकै बारेमा छ,’ उनले भने ।

चलचित्र ‘बगान’ असार २९ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij