Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डा. भोला रिजालको 'सेतो कोट' सार्वजनिक


सारांश

डा. भोला रिजालको 'सेतो कोट' सार्वजनिक
images

काठमाडौं । गीतकार तथा डा. भोला रिजालको पुस्तक 'सेतो कोट' सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा एक समारोहबीच पुस्तक सार्वजनिक गरिएको हो। उक्त पुस्तक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सकहरूले लोकार्पण गरेका थिए। 

समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा डा. भोला रिजालको महत्त्वपूर्ण योगदान रहेको बताउँदै भने, 'डा. भोला निःसन्तान दम्पतीको लागि बरदान बन्नु भएको छ। उहाँले आफ्नो क्षेत्रबाट बहुआयामिक काम गर्नु भएको छ। सबैले आफ्नो पोसाकको महत्व बुझ्न सकेका छैनन्। तर उहाँ आफ्नो काममा निरन्तर लागिरहनु भएको छ।'

पुस्तक बिक्रीबाट प्राप्त भएको केही रकमको समाजसेवामा लगाउने रिजालले बताएका छन्। चिकित्सा पेशा, चिकित्सकको कर्म, धर्म र मर्म बुझाउन पुस्तक लेखेको रिजालले बताए। पुस्तकमा चिकित्सा पेशा शिक्षा र चिकित्सा आचारसंहिता बारेमा उल्लेख गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij