सारांश
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष स्पष्टीकरण पेश गरेका छन् ।
मन्त्रीको सचिवालय स्रोतले शुक्रबार स्पष्टीकरण बुझाएको र सो पत्र आज दर्ता भएको पुष्टि गरेको छ । मन्त्रीले सोधेको स्पष्टीकरण फेसबुकबाट सार्वजनिक भएको र आफू संलग्न नभएको पोखरा विमानस्थल सम्बन्धी विषय त्यसमा रहेको भन्दै अधिकारीले स्पष्टीकरण नदिने अडान लिएका थिए ।
मन्त्रिपरिषद्ले आफुलाई नियुक्त गरेकोले मन्त्रीलाई नभइ मन्त्रिपरिषद्ले नै स्पष्टिकरण मागेको खण्डमा मात्र आफुले स्पष्टिकरण दिने अडान महानिर्देशक अधिकारीले लिएका थिए । अधिकारीले अहिले मोबाइल स्विच अफ गरेर बसेका छन् । स्पष्टीकरण सोधिएकै बेला गोप्य स्पष्टीकरण पत्र सार्वजनिक गरेको भन्दै उनी असन्तुष्ट बनेका थिए ।