Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्वीन्टल सुन बरामद, एजेन्टसहित ६ जना पक्राउ


सारांश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्वीन्टल सुन बरामद, एजेन्टसहित ६ जना पक्राउ
images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ। राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय विभागबाहिर कार्गो निरीक्षण गर्ने क्रममा सुन फेला परेको हो। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।

भन्सार स्रोतका अनुसार १६० टुक्रा सुन फेला परेको छ। राजस्व अनुसन्धान विभागले भने सुनको परिणाम कति भन्ने यकिन नभइसकेको बताएको छ। सामानसहित ८० देखि १०० किलोसम्म हुनसक्ने अनुमान भने गरिएको छ।

'त्यससँग जोडिएको अरू सामानसँग गणना गर्दा ८० देखि सय केजीको अनुमान गरिएको छ। थप अनुसन्धान भइरहेको छ,' राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाले भने।

सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्।  ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।

पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो। विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताउए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij