Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

२०८९–८० मा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रको कमाई सार्वजनिक


सारांश

२०८९–८० मा प्रदर्शन भएका नेपाली र  विदेशी चलचित्रको कमाई सार्वजनिक
images

काठमाडौं । आर्थिक बर्ष २०८९–८० मा रिलिज भएका ५७ वटा नेपाली चलचित्रको कमाई सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डले बर्षभरी प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको कमाई सार्वजनिक गरेको हो ।

जसमध्ये, सर्वाधिक धेरै कमाउने नेपाली चलचित्रमा ‘छक्का पन्जा ४’ छ । यो चलचित्रले नेपाली बक्स अफिसमा १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ बराबरको ग्रस व्यापार गरेको छ । यो आर्थिक वर्षमा प्रदर्शन भएका ५७ वटा चलचित्रहरुले ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ छ । यो बर्ष २७ लाख १६ हजार २ सय १७ वटा टिकट विक्री भएको पनि विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । 

चलचित्र ‘जारी’ले १७ करोड १७ लाख ९५ हजार १८ रुपैयाँ ५ पैसा ग्रस कलेक्शन गरेको छ ।  ‘प्रेमगीत ३’ले ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ रुपैयाँ २६ पैसाको ग्रस कलेक्शन गरेको छ ।  ‘महापुरुष’ले ७ करोड ३८ लाख ९१ ह्जार ९ सय २० रुपैयाँ ११ पैसाको कारोबार गरेको छ ।  ‘दुई नम्बरी’ले ३ करोड ८४ लाख ७५ हजार ७ सय ७० रुपैयाँ ८९ पैसाको कारोबार गरेको छ । 

यो आर्थिक बर्षमा सवैभन्दा कम कमाई गर्ने चलचित्र ‘सिवानी’ हो । जसको ५ वटा मात्र टिकट विक्री भएको छ भने चलचित्रले ५ सय २० रुपैयाँ कमाई गरेको छ ।

विदेशी चलचित्रमा  पठानले सर्वाधिक कमाइ गरेको छ । सो चलचित्रले  १३ करोड भन्दा बढी आम्दानी गरेको हो । 
यस्तै दोस्रो नम्बर अवतार : द वे अफ वाटरले आफ्नो स्थान सुनिश्चित गर्दा क्रमशः ब्रह्मास्त्र पार्ट वानः शिव, दृश्यम् २, उचाही, कन्तरा, किसी का भाइ किसीका जहान, ब्ल्याक पार्टनर, आदिपुरुष र लालसिंह चड्डा शीर्ष स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij