सारांश
काठमाडौं । यो वर्षको दसैँ आउन अब धेरै समय बाँकी छैन । असोज १९ गते विजया दशमी रहेको छ । दसैँ नजिकिसके पनि पानी पर्नेक्रम भने जारी छ । मनसुनी प्रणाली नेपालबाट बाहिरिनसकेका कारण पानी परिरहेको हो ।
मनसुन सामान्यतः नेपालमा औसतमा अक्टोबर २ बाट बाहिरिन्छ । तर, यो औसत समय मात्रै हो । यो भन्दा केही अगाडि वा पछाडिसम्म पनि मनसुनी वायु सक्रिय रहन सक्छ । यदि औसत समयमै यो वर्ष मनसुन बाहिरियो भने अक्टोरबर २ अर्थात सप्तमी फूलपातीका दिन बाहिरिनेछ । विजया दशमी (टीका) अक्टोबर ५ गते पर्छ । औसत समयमै मनसुन बाहिरिए टीकाको दिन पानी पर्ने सम्भावना न्यून हुन्छ ।