Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

शंकर घिमिरेले चलचित्र ‘तेल भिसा’ बनाउने, विपिन कार्की दोहोरो भूमिकामा


सारांश

शंकर घिमिरेले चलचित्र ‘तेल भिसा’ बनाउने, विपिन कार्की दोहोरो भूमिकामा
images

काठमाडौं ।  नेपाली कथानक चलचित्र ‘तेल भिसा’ निर्माण हुने भएको छ ।

ब्रेकफेल, वीरताको चिनो, विष र तुलसी निर्देशन गरेका निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनेता विपिन कार्की शीर्ष भूमिकामा अनुबन्धित भएका छन् ।

361952846_10218133836616303_2283372367784218344_n.jpg

तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने चलचित्रमा विपिनको दोहोरो भूमिका हुनेछ । सोसल-कमेडी ड्रामा जनरामा बन्न लागेको यो चलचित्रले सुत्केरी स्याहार्न अभिभावकलाई अमेरिकामा बोलाइने प्रवृत्तिलाई कटाक्ष गर्नेछ ।

सोही प्रवृत्तिलाई व्यंग्य गर्दै ‘तेल भिसा’ नामाकरण गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij