Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राज र ऋचाको ‘सुपर गोर्खे’ युट्युबमा रिलिज


सारांश

राज र ऋचाको  ‘सुपर गोर्खे’ युट्युबमा रिलिज
images

काठमाडौं । चलचित्र नाई नभन्नु ल बाट चर्चामा आएकी नायिका ऋचा सिंह ठकुरीद्धारा प्रस्तुत नेपाली कथानक चलचित्र सुपर गोर्खे युट्युबमा रिलिज भएको छ ।
कलाकार एवम् निर्देशक राज थापा निर्देशित सुपर गोर्खे हाइलाइट्स नेपालको युट्युब च्यानलबाट यसै हप्ता रिलिज गरिएको हो ।
ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुईटेल, भुपेन्द्र क्षेत्री, सचिन के.सी., कामना भुजेल, भानु डेविट विष्ट, उत्तम विष्ट, बिनय दाहाल, सन्तोष श्रेष्ठ र राज थापाको अभिनाय रहेको अविर हाउस प्रा. लि. को प्रस्तुति सुपर गोर्खेको निर्माता ईश्वरी सिंह ठकुरी, रामकृष्ण ठुले र सुदिप जंग थापा रहेका छन् ।
नेपालमा यो चलचित्रको पहिलो प्रदर्शन चलचित्र कर्मी र वितरकको फोहोरी राजनितिमा रुमलिदै भएको थियो ।
जहाँ जहाँ यो चलचित्रले प्रदशन भयो हेर्ने दर्शकहरुबाट निकै नै राम्रो प्रतिक्रिया पाएको थियो । यस चलचित्रका नायक एवम् निर्देशक राज थापा र नायिका ऋचा सिंह ठकुरी हाल अष्ट्रेलियाको ब्रिजबनमा बस्दै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij