सारांश
काठमाडौं । अभिनेता अनमोल केसीले आफूले सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘रावायण’ मा काम गर्न लागेको बताएका छन् ।
निर्देशक थापाले शुक्रबार चलचित्र विकास बोर्डमा ‘रावायण’ शीर्षकमा चलचित्र दर्ता गरेका छन् । बोर्डका एक अधिकृतले निर्देशक थापाले टाइटल दर्ता गरेको जानकारी दिए ।
शिवम अधिकारीको लेखन रहेको चलचित्रमा अनमोलको डबल रोल हुने जनाइएको छ । यो चलचित्रको छायांकन भदौदेखि हुने जनाइएको छ ।