सारांश
एजेन्सी। बलिउड अभिनेता शाहरुख खानको आगामी चलचित्र ‘जवान’ लाई लिएर चर्चामा छन् । एटली निर्देशित यो चलचित्र सेप्टेम्बर ७ मा विश्वव्यापी रिलिज हुँदैछ ।
रिलिज हुन ठीक एक महिना बाँकी हुँदा सोमबार शाहरुखले सामाजिक सञ्जालमार्फत ‘जवान’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन् । शाहरुखले नयाँ पोस्टरसँगै क्याप्सन लेखेका छन्- ‘म असल हुँ या खराब हुँ, यो ३० दिनमा थाहा हुनेछ ।’