Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रेखा थापाको चलचित्र 'उपहार' शुटिङ शुरु नहुँदै विवादमा


सारांश

रेखा थापाको चलचित्र 'उपहार' शुटिङ शुरु नहुँदै विवादमा
images

काठमाडौं । अभिनेत्री रेखा थापाको चलचित्र 'उपहार' शुटिङ शुरु नहुँदै विवादमा फसेको छ।

चलचित्रका कथा लेखक सुलक्षण भारतीले आफ्नो वान-लाइन स्टोरी चोरीको आरोप लगाएका छन्।

‘मलाई महिला केन्द्रित फिल्मको कथा लेख भनेर प्रस्ताव भएको थियो। मसँग पहिल्यै एउटा कथा थियो। त्यो सुनाएँ। उहाँहरूलाई वान-लाइन कथा मन परेपछि स्क्रिप्ट लेख भन्नुभयो। मैले फर्स्ट ड्राफ्ट स्टोरी लेखेर पठाएको थिएँ। केही समयपछि मसँग अनुमति नलिई उहाँहरूले अर्कै मान्छेलाई स्क्रिप्ट लेख्न लगाउनुभएछ,’ भारतीले भने।

उपहार चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले भने भारतीलाई बारम्बार सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि अभिमन्यु निरवीलाई फिल्मको स्क्रिप्ट लेख्न लगाएको बताए। 

यस चलचित्रमा पहिला अभिनेत्री रेखा थापा, पूजा शर्मा र आँचल शर्माको अभिनय रहने भनिएको थियो। अभिनेत्री आँचल शर्माले हात झिकेपछि अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij