सारांश
काठमाडौं । ‘दुई रुपैयाँ’ निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद बनेका छन् । समानुपातिक मतअनुसार १३ सिट पाएको रास्वपाले शाहलाई मुश्लिम पुरुषतर्फ समानुपातिक सांसद बनाएको हो । रास्वपाले समानुपातिक सांसद छान्न प्राइमरी इलेक्सन गरेको थियो, जसमा उनले धेरै मत प्राप्त गरेका थिए ।
यसपटक प्रतिनिधि सभामा फिल्म क्षेत्रबाट सांसदको रुपमा उपस्थिति जनाउने शाह एक्ला हुन् । कांग्रेस, एमाले, माओवादी जस्ता ठूला पार्टीले प्रत्यक्षमा केही कलाकारलाई टिकट दिएको भए पनि कसैले जित निकाल्न सकेनन् । प्रदेशसभामा भने रोज राणा र मदुकुमार श्रेष्ठ निर्वाचित भए ।