सारांश
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ ।
प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
बक्यौता तिरेको दिनदेखि नै पुनः उडान सुरु गर्न दिने अधिकारी भुलले जानकारी दिए । “फाइनान्सियल अवस्था धेरै कमजोर देखियो । यसले जहाजको सामग्री खरिद गर्दा गुणस्तरमा र कर्मचारीहरूको तलब भत्तामा कम्परमाइज (सम्झौता) हुनसक्छ । उडान सुरक्षाको हिसाबले पनि गम्भीर देखिएपछि हामीले उडानमा रोक लगाएका हौँ,” सूचना अधिकारी भुलले भने, “यसमा कुनै पूर्वाग्रह छैन । जुन दिन ४६ लाख बक्यौता चुक्त हुन्छ त्यसै दिनबाट उडान सुरु हुन्छ ।”
सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।