सारांश
किभ । युक्रेनको ओडेसामा अन्धकार छाएको छ । यहाँका ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएको छ । बन्दरगाह सहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अलजजिराले उल्लेख गरेको छ ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले नागरिकलाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह सहरमा ऊर्जा सुविधा कमजोर भएकाले स्थिति निकै गाह्रो हुँदै गएको बताएका छन् ।