Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

विकासका कार्यमा राजनीति नगरौं : प्रधानमन्त्री


सारांश

विकासका कार्यमा राजनीति नगरौं : प्रधानमन्त्री
images

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विकास निर्माणको कार्यमा एकजुट भएर लाग्न आग्रह गरेका छन्।

नेपाल विद्युत प्राधिकरणको ३८औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आउने पिढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नभइ एकजुट भएर लाग्न आग्रह गरेका हुन्।

'आउँदो पिढीलाई अँध्यारोमा राख्ने वा उज्यालो भविष्य दिएर जाने भन्ने  गम्भीर प्रश्न हाम्रो पुस्तालाई प्रश्न रहिरहनेछ,'प्रधानमन्त्रीले भने,' तसर्थ विकासका कार्यमा राजनीति गने होइन सबै  इमान्दार भएर एकजुट हुन जरूरी छ। '

प्रधानमन्त्री दाहालले जनतामा विद्युत सेवा प्रवाहमा कुनै कमी हुन नदिन प्राधिकरणलाई आग्रह गरे। एउटा आयोजनाको निर्माण सम्पन्न हुन ५/६ वर्ष समय लाग्ने भन्दै प्रधानमन्त्री दाहालले विकास निर्माणका कार्यमा सबै क्षेत्रको सहयोग आवश्यक हुने बताए।

नेपालमा जलविद्युत विकासको इतिहास एक सय १२ वर्षभन्दा पुरानो भए तापनि जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिरहेको उनको भनाइ छ।

 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस
    © copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij