Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

करोडमाथि कारोबार गर्ने कम्पनीले मासिक र कम गर्नेले चौमासिक भ्याट विवरण बुझाउनुपर्ने


सारांश

करोडमाथि कारोबार गर्ने कम्पनीले मासिक र कम गर्नेले चौमासिक भ्याट विवरण बुझाउनुपर्ने
images

काठमाडौं । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने सम्बन्धी साबिकको व्यवस्थामा परिवर्तन गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।

“मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साबिकमा रहेको इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र उद्योगले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछन् भन्ने व्यवस्था खारेज भएको छ,” विभागले सूचना जारी गर्दै भनेको छ, “संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ ।”

 

यसअघि, मासिक रूपमा विवरण दाखिला गर्दै आएका यस्ता करदाताले ०८० साउनदेखि पहिलो चौमासिकको विवरण मंसिर २५ गतेसम्म, दोस्रो चौमासिकको चैत २५ गतेसम्म र तेस्रो चौमासिकको साउन २५ गतेसम्म बुझाइसक्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij