Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विज्ञापन रोक लगाउने अधिकार विज्ञापन बोर्डलाई नै


सारांश

विज्ञापन रोक लगाउने अधिकार विज्ञापन बोर्डलाई नै
images

काठमाडौं । सरकारले विज्ञापन नियमावली, २०७७ लाई संशोधन गरेको छ ।  संशोधन गरिएको ‘विज्ञापन नियमावली, २०८०’ राजपत्रमा प्रकाशित भइसकेको छ ।  संशोधन गरिएको नियमावलीमा विज्ञापन बोर्डलाई सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापन सामग्रीको परीक्षण गर्ने जिम्मेवारी दिइएको छ । 

बोर्डले कारोबार गर्न रोक लगाएको विज्ञापनदाता, सञ्चार माध्यम वा विज्ञापन एजेन्सीसँग कुनै पनि विज्ञापनदाताले कारोबार गर्न वा गराउन नपाउने जनाइएको छ ।  बोर्डलाई विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापन तथा सूचनाको नियमन गर्ने अधिकार पनि दिइएको छ । 

आधिकारीक च्यानलमार्फत् विज्ञापन गरे वा नगरेको, ऐन तथा यस नियमावली बमोजिम विज्ञापन भए वा नभएको, बोर्डमा सूचीकृत सञ्चार माध्यम वा विज्ञापन एजेन्सीमार्फत् विज्ञापन भए वा नभएको आधारमा बोर्डले डिजिटल माध्यम र सामाजिक सञ्जालको नियमन गर्नेछ । 

 

नियमावलीअनुसार बोर्डले अब प्रसारण हुने विज्ञापन सामग्रीको प्रकृति र विषयवस्तु, प्रसारण गरिने समय, प्रसारण अवधि र विज्ञापन सामग्रीमा रहेका श्रव्य, दृश्य वा श्रव्यदृश्य, खण्ड, वाक्यांश, अक्षर, अङ्क, चिन्ह, आकार वा सङ्केतका आधारमा मापदण्ड तयार गर्न पाउनेछ । 

विज्ञापन सामग्री परीक्षण गर्दा लाग्ने परीक्षण शुल्क बोर्डले निर्धारण गर्नेछ ।  बोर्डलाई विज्ञापन वितरण गर्ने प्रयोजनको लागि सञ्चार माध्यमको सूचीकरण र स्तर निर्धारण गर्ने अधिकार पनि दिइएको छ ।  बोर्डले प्रकाशन वा प्रसारण हुने विज्ञापन वा सूचनाको वर्गीकरण समेत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij