सारांश
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइओभरको निर्माण कार्या सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आगामी शुक्रबार विहान ६ बजेदेखि निर्माण सुरु गर्न सो चोकमा अहिलेभन्दा फरक किसिमले ट्राफिक व्यवस्थपन गरिने छ ।
निर्माण नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा पठाइने छ । साना चारपांग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने छ ।