Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सेजनको अध्यक्षमा ओली, महासचिवमा रेग्मी


सारांश

सेजनको अध्यक्षमा ओली, महासचिवमा रेग्मी
images

 काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् ।

सेजनको शनिबार राजधानीमा सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

ओलीले ९९ भोट ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी शिरोमणि ढुंगानाले ९६ मत प्राप्त गरे । उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भए । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भए । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरे ।

सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सोभित थपलिया निर्वाचित भए ।

कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भए । सेजनमा कार्यसमितिको कार्यकाल दुई वर्षको हुने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij