सारांश
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनलाई भारतीय भूमि कब्जा गर्नबाट रोकेको बताएका छन् । आज संसद्लाई सम्बोधन गर्दै रक्षा मन्त्री सिंहले चिनियाँ सेनाले वास्तविक नियन्त्रण रेखा (एलएसी) को उल्लंघन गरेको जानकारी गराउँदै सीमा सुरक्षाका लागि भारतीय सेना प्रतिबद्ध रहेको बताएका छन् ।
"हामीले कूटनीतिक तहमा पनि उठाएका छौँ । हाम्रा सेनाहरू हाम्रा सीमानाहरू सुरक्षित राख्न पूर्ण रूपमा प्रतिबद्ध छन्," उनले भनेका छन् ।
उनले अरूणाचल प्रदेशको तवाङ क्षेत्रमा सेनाहरूबीच भएको झडपमा भारतीय सेनाले चिनियाँ सेनालाई भगाएको दाबी गरे ।