सारांश
काठमाडौं । बलिउडका अभिनेता विवेक ओवराय काठमाडौं आइपुगेका छन्। उनी बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुगेका हुन्।
उनी आफ्ना परिवारसहित भ्रमण गर्न नेपाल आएका हुन्।
उनले सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपतिनाथलगायतका अन्य ठाउँको भ्रमण गर्नेछन्।
एक हप्ता लामो नेपाल बसाइमा उनी केही कार्यक्रममा सहभागी हुने पनि बताइएको छ।