सारांश
काठमाडौं । गायिका आस्था राउतलाई अमेरिकास्थित डालस अध्यागमनले फिर्ता पठाएको छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका जाने क्रममा उनलाई डालस अध्यागमनले पफर्मेन्स भिसा नै हुनु पर्ने भन्दै नेपाल फिर्ता पठाएको हो ।
“म भिजिट भिसामा गएको थिएँ । तर, त्यहाँको अध्यागमनले पफर्मेन्स भिसा नै चाहिन्छ भन्यो,” आस्था भन्छिन्, “भिजिट भिसामा आएर पफर्मेन्स गर्न पाइँदैन भनेर फर्काइदियो ।”
डिसेम्बर ८ तारिखको राति नेपालबाट अमेरिकाका लागि उडेकी आस्थालाई १० तारिखमा अध्यागमनले फर्काइदिएको हो ।