सारांश
काठमाडौं । विश्वकप फुटबलको उपाधिसँगै व्यक्तिगततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको हुन्छ ।जसमा प्रतियोगिताभरकै उत्कृष्ट खेलाडीलाई गोल्डेन बल अवार्ड प्रदान गरिन्छ । दोस्रो उत्कृष्टलाई सिल्भर बल र तेस्रो उत्कृष्टलाई ब्रोन्ज बल प्रदान गरिन्छ ।
अर्जेन्टिनालाई फाइनलम पुर्याउन प्रेरणादायी प्रदर्शन गरेका लिओनल मेसी गोल्डेन बुटसँगै गोल्डेन बलको लागि पनि दाबेदार छन् । यस्तै फ्रान्सका किलियन एमबाप्पे र प्लेमेकरमा उत्कृष्ट भूमिका निर्वाह गरिरहेका एन्टोनी ग्रिजमन पनि गोल्डेन बलको होडमा छन् ।
सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि मात्र विश्वकपमा उत्कृष्ट खेलाडीलाई गोल्डेन बल र सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको थियो ।