Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ब्रिजवाटरमा भुवन के.सी. 


सारांश

ब्रिजवाटरमा भुवन के.सी. 
images

काठमाडौ । चलचित्र विकास वोर्डका अध्यक्ष एवम् सदाबहार नायक भुवन के.सी ले
विधार्थीहरुलाई चलचित्र क्षेत्रमा आउन चाहे सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
ब्रिजवाटर इन्टरनेशनल कलेजको वेलकम तथा फेयरवेल कार्यक्रममा
प्रमुख आतिथ्यता ग्रहण गर्दै के.सी. ले आफु दश वर्षको बच्चा हुदा देखि नै कलाकार बन्ने सपना देखेकाले चलचित्र क्षेत्रमा लागेको बताएका छन् ।

3.jpg
undefined

 


कलेजका अध्यक्ष दिपक पाण्डेयले निदाउदा देखिने र निदाउनै नदिने सपना दुई प्रकारका हुने भन्दै आफ्नो कलेजका विधार्थीहरुलाई निदाउनै नदिने सपना देख्न आग्रह गरे । उनले भुवन के.सी. को सफल चलचित्र मध्यको 
एउटा चलचित्र सपना पनि भएको बताउदा हल हाँसो र तालीले गुन्जयमान भएको थियो । 
त्यसैगरी कलेजका प्रिन्सिपल कृष्ण पौडेललेकलेजमा प्रवेश गर्ने नयाँ विधार्थीलाई स्वागत गर्दै कलेजबाट बाहिरिन लागेका विधार्थीहरुलाई विदाई स्वरुप उज्वल भविष्यको कामना सहित निकै सारगर्भित शुभकाना दिए ।

1.jpg
undefined

उक्त अवसरमा कलेजका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिनुका साथै मिष्टर एण्ड मिस फ्रेसर २०२२ पनि आयोजना गरिएको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij