सारांश
काठमाडौं । ‘पशुपतिप्रसाद’को मुख्य खलपात्र ‘भस्मे डन’ नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्र ‘भस्मे डन’ फागुनको पहिलो साताबाट छायांकनमा जाँदै छ । चलचित्र पशुपति क्षेत्र विकास कोष परिसर वरिपरी नै छायांकन हुनेछ ।
कथा खगेन्द्र लामिछानेले लेखिसकेका छन् । निर्देशन ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले गर्नेछन् ।
चलचित्रको मुख्य भूमिकामा ‘भस्मे डन’ अर्थात विपीन कार्की हुनेछन् ।