सारांश
काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र 'परदेशी २' को नयाँ गीत सार्वजनिक गरिएको छ।
बुधबार चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा’ बोलको झ्याउरे गीत सार्वजनिक गरिएको हो।
यो गीतमा निर्देशक रायमाझीसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ। शब्द पनि निर्देशक रायमाझीले लेखेका हुन्। उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत भरेका छन्।
रामजी लामिछाने र गोविन्द राईले कोरियोग्राफी गरेको गीतमा अभिनेता प्रकाश सपूत, केकी अधिकारी र प्रशान्त तामाङलाई देख्न सकिन्छ।
राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र प्रशान्तको अलावा वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ ।