सारांश
काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’को छायांकन सुरु गरिएको छ । मुस्ताङको नीलगीरी हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट चलचित्रको छांयाकन सुरु गरिएको हो ।
पोखराकै परिवेशमा रहेर कथा बुनिएको यस चलचित्रमा मुख्य नायिकामा दीपिका प्रसाई, करिश्मा श्रेष्ठ र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान रहेका छन् । त्यस्तै चलचित्रमा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायतका अन्य कलाकारहरुको पनि अभिनय रहने छ ।
अभिनेता राज कटुवाल निर्माता रहेका छन् । राज ‘‘मायावी’ मार्फत चलचित्र निर्माणमा पाइला चाल्न लागेका हुन् ।