Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अवतार-२ को आक्रामक ओपनिङ


सारांश

अवतार-२ को आक्रामक ओपनिङ
images

काठमाडौं । विश्व प्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँ ग्रस हाराहारीमा ओपनिङ गरेको छ ।हलिउड स्टुडियो डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले मल्टिप्लेक्समा आक्रामक ओपनिङ गरेको हो ।

क्यूएफएक्स, बिग, आईएनआई, वान सिनमाज्, एफक्यूबसहित पोखरा, चितवनसहितका सहरस्थित हलमा अकुपेन्सी ९० देखि शतप्रतिशत छ ।

१३ वर्ष लामो पर्खाइपछि शुक्रबारदेखि जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सन र सुपरहिरो फिल्म विश्वभर प्रदर्शनमा आएको छ । विश्वभरका सञ्चारमाध्यमले यो फिल्मलाई सकारात्मक समीक्षा प्रदान गरेका छन् ।

३५० मिलियन डलरमा निर्माण भएको यो फिल्म विश्वकै महंगो फिल्म समेत हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij