Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अनमोल केसी पक्राऊ प्रकरण : स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना, आइतबार अदालतमा उपस्थित गराइने


सारांश

अनमोल केसी पक्राऊ प्रकरण : स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना,  आइतबार अदालतमा उपस्थित गराइने
images

काठमाडौं । नायक अनमोल केसी गएराति अस्पताल भर्ना भएका छन् ।

आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ परेका अनमोल छातीमा समस्या भएपछि बसुन्धरास्थित चिरायु अस्पताल भर्ना भएका हुन् ।  

आपराधिक विस्वासघातको आरोपमा शुक्रबार साँझ भक्तपुरको साँगाबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि महाराजगंजस्थित चिरायु अस्पताल भर्ना गरिएको उनी निकटस्थ स्रोतले बतायो ।

‘रावायण’ फिल्मका निर्माता सुप्रिया कटुवालले एड्भान्स लिएर पनि केसीले चलचित्रमा काम नगरेपछि आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा, बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राऊ परेका थिए ।

अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij