Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

म्याद थपका लागि अनमोललाई सरकारी वकिल कार्यालयमा लगियो


सारांश

म्याद थपका लागि अनमोललाई सरकारी वकिल कार्यालयमा लगियो
images

काठमाडौं । तीन घण्टा लामो सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो ।

उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ चलचित्रका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

 केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ । म्याद थपका लागि केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन अघि उनलाई आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको थियो । 

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो । केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा राखिएको छ । रावायण चलचित्र खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij