Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अभिनेता अनमोल केसी हिरासतमुक्त


सारांश

अभिनेता अनमोल केसी हिरासतमुक्त
images

काठमाडौं । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छाेडेकाे हाे ।

आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई हिरासतमुक्त गरिएको हो।

आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका केसीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। चलचित्र 'रावायण' खेल्न उनले १० लाख रूपैयाँ लिएको तर पछि नखेल्ने भनेर रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ।

फिर्ता नगरेपछि 'रावायण' निर्माताले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले गत शुक्रबार साँगाबाट केसीलाई पक्राउ गरेको हो। 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij