Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अनमोल-प्रदीप शीतयुद्ध : दाइजो फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै !


सारांश

अनमोल-प्रदीप शीतयुद्ध : दाइजो फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै !
images

काठमाडौं । नायक प्रदीप खड्काले नायक अनमोल केसी रिहा भएपछि सामाजिक सञ्जालमा लामो स्टाट्स लेखेका छन् ।

उनले, स्टाटसमा अनमोलको नाम र प्रसंग केही पनि उल्लेख गरेका छैनन् । तर, अनमोलप्रति घुमाउरो तरिकाले व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्–‘५–७ वटा दुलही सोझा परे, मज्जाले पेलियो भन्दैमा सबै एकै नहोलान् नि । यो पल्टको अलि गाह्रो खाल्की छे भनेर बुझ्नु पर्ने ।’

प्रदीपले अनमोलले १० लाख रुपैयाँ फिर्ता लैजान निर्मातालाई भनेको विषयमा पनि लेखेका छन्–‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो, तिम्रो गिफ्ट फिर्ता लैजाऊँ, मलाई तिमी मनपर्न छाड्यो भन्ने । विवाहत्तोर त, सुहागरात मात्र भएको हो मलाई मन परेन । अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनु हैन भने दुली लानुस् । म बिस्तारै दाइजो फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’

प्रदीपको यो स्ट्याटसले उनको र नायक अनमोल केसीको शीतयुद्ध छ भन्ने छनक दिएका छन् । 

यस्तो छ प्रदीपको स्टाटस:

विवाहपुर्वको सम्बन्ध तोडिदा हो तिम्रो गिफ्ट फिर्ता लैजाउ, मलाई तिमी मनपर्न छाड्यो भन्ने, विवाहओत्तर त, सुहागरात मात्र भको हो मलाई मनपरेन, अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलायर ल्याउनु हैन भने दुलही लानुस म विस्तारै दाईजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाॅ कुरा मिल्ला र खै। 
वुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफुले जिते सम्झेर रमाउन त सक्लाउ, एक तिर उन्नत समाजले सामान्य मानेर दुलही स्विकार्न पनि समस्या नहोला तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको ईच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ। 
खैर! चाहे १ दिन होस् वा १ दशक, चाहे कानुनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानुनले दिलाउने पनि तेहि नै हो।
५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नी! 
यो पल्टको अलि गार्हो खाल्की छे भन्ने बुझ्न पर्ने ।
चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नवुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा  घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ । खेलको विचविचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौ । 
कानुन राजको विकल्प छैन ।
Updated | To whom it was hard to comprehend 
Marriage (Commitment) पछि Divorce ma जेल हुन्छ जस्तो लागेन अंश (क्षतिपुर्ती) चै हुन्छ है । 
आत्मरक्षाको लागि गरेको हत्या पनि जधन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउछ ।जानाजानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोग को मामला हुन जान्छ।
Update II | Comment मा कुरा बुझ्न साह्रै गारो परेका हरुका लागिम एउटा कलाकार र चलचित्र क्षेत्रको प्रति सरोकारवाला भएको हिसाबले के कुरामा प्रस्ट छु भने, निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुन पर्छ, निर्देशकलाई काम गर्ने स्वतन्त्रता अनि कलाकारलाई मेकरमा विश्वस्त नहुदा प्रोजेकट ईन्कार गर्ने छुट । तर सबै system मा बसेर, मनोमानि ढइ॰गले होइन । फिल्म गर्न सक्दिन भन्दा, पख तलाई देखाईदिन्छु भन्ने मेकर पनि नभेटेको होइन, गर्छु भनेर अगाडि बढ्दा कहाॅ फसे भन्ने नभाको पनि हैन तर system भन्दा वाहिर गैईएन, कोही जान हुन्न । कलाकार एउटा निमित्त मात्र हो,  निर्देशक र निर्माता भन्दा माथि हैन । म कलाकार भएर यो स्विकीर्दै गर्दा निर्माता , निर्देशकहरु अनि सरोकारवाला सम्पुर्णलाई म गलत भए सच्चाई दिनु हुन अनुरोध साथै सहि भए एक्कयवद्दता जनाईदिनुहुन अपिल ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij