Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

यस्तो छ ‘परदेशी २’ट्रेलर


सारांश

यस्तो छ ‘परदेशी २’ट्रेलर
images

काठमाडौं । दसैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी–२’को ट्रेलर सार्वजनिक गरिएको छ । 

ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले घरमा सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना चित्रण गरिएको छ । ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व देखिन्छ । 

असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका छन् । 

प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्रमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा छन् ।  ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङलाई यो चलचित्रमा पनि सोही भूमिकामा देख्न सकिन्छ । 

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्र रमेश बिजीले लेखेका हुन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij