Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा सुरेश अधिकारी निर्विरोध निर्वाचित


सारांश

संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा सुरेश अधिकारी निर्विरोध निर्वाचित
images

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेश अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी पुनः अध्यक्ष चुनिएका हुन् ।

त्यस्तै, संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा उमेदवार छन् भने गीतकार निवर्तमान सदस्यबाट बद्री पाण्डे र चन्द्रप्रसाद शर्मा उमेदवार छन् । 

 बाँकी पदका लागि मतदान हुने निर्वाचन संयोजक तथा अधिवक्ता सेमन्तमणि खरालले जानकारी दिए ।
 
संगीत रोयल्टी संकलन समाज नेपालको १४ औं बार्षिक साधारण सभा शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठानको लाईब्रेरी हल कमलादीमा हुँदैछ।
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij