सारांश
काठमाडौं । प्रदीप भट्टराई निर्देशित फिल्म 'महापुरूष' ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ।
मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरीस्थित बिग मुभिज, जमलस्थित विश्वज्योति सिनेप्लेक्स, गोंगबुस्थित बिएसआर मुभिज, किर्तिपुरस्थित सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्स, सुन्धारास्थित सिनेडी सेफ, चाबहिलस्थित एफक्युब, बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज र आइएनआइ सिनेमाजअन्तर्गत लोत्से मलमा प्रदर्शनको ५१ औं दिन पूरा भएको छ।
यो फिल्म घरेलु बक्स अफिसमा १० करोडभन्दा बढी कमाइ गरेको छ। ५१ औं दिन पुगेको अवसरमा निर्माण टिमले केक काट्दै सेलिब्रेसन गरेका छन्। पत्रकार सम्मेलन आयोजना गर्दै यो फिल्म ‘कार्बन तटस्थ’ बनेको जानकारी दिएको छ।
‘महापुरूष’ मा मदनकृष्ण र हरिवंशसँगै गाैरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, लगायत कलाकारको अभिनय छ।