सारांश
काठमाडौं । भारतीय टीभी रियालिटी शो इन्डियन आइडलमा झापामा जन्मिएकी नेपाली गायक मेनुका पौडेलले ‘गोल्डेन माइक’ जितेकी छन् ।
उनले अडिसनका क्रममा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको गीत गाएकी थिइन् ।
उनको गायकी देखेर जजहरुले आँसु खसालेका थिए । त्यसपछि मेनुकाको सम्मानमा ‘स्ट्यान्डिङ ओभेसन’ दिएका थिए । जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु खसाएका थिए । उनीहरुले मेनुकालाई विशेष सम्मान प्रदान गरेका थिए ।