सारांश
काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् ।
‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
आपराधिक विश्वासघातको आरोपमा शुक्रबार पक्राउ परेका अग्रवाललाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो ।