Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

प्रसाद २ प्रकरण : निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी


सारांश

प्रसाद २ प्रकरण : निर्देशक  सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी
images

काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

आफ्नो मन्जुरीबिना प्रसाद २ देश–विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ नोक्सान गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा दर्ता गराएको छ । सोही आधारमा थप अनुसन्धानका निम्ति प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

आइतबार ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेलगत्तै थापा र श्रेष्ठ सम्पर्कविहीन भएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दियो ।

‘प्रसाद २’ प्रकरणमा श्रीमान् सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रिया कट्‍वालले आक्रोश पोखेकी छन् ।

देशमा पहुँच हुनेले जे गरे पनि हुने भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘प्रहरीले जाहेरीमा समेत प्रमाण नदेखेपछि सीधै सरकारी वकिलमार्फत् गएर राजनीतिक पहुँचका भरमा पक्राउ पुर्जी जारी गर्ने ? न्यायालयको त विश्वास छैन, कसको विश्वास रह्यो र ? पारिश्रमिकमा काम गर्ने निर्देशक, सम्पादक र आफ्नो लगानीले डिजिटल राइटस् लिने कम्पनी सञ्चालकजस्ता निर्दोष मान्छेलाई फसाउने ?’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij