सारांश
काठमाडौं । चलचित्र विधेयकको विषयलाई लिएर चलचित्र सम्बद्ध ९ संघसंस्थाले चलचित्र विकास बोर्डले आयोजना गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।
चलचित्र निर्माता संघ, चलचित्र संघ, कलाकार संघ,निर्देशक समाज, प्राविधिक संघ, आदिवासी चलचित्रकर्मी महासंघ लगायत चलचित्र सम्बन्धी ९ वटा संघसंस्थाको बसेको सामूहिक बैठकले सो निर्णय गरेको हो ।
९ सङ्घ संस्थाले अर्को शनिवारसम्म चलचित्र विधेयक अध्ययन गरी सुझाव र स्पष्टीकरणसहित चलचित्र विकास बोर्ड र मन्त्रालयमा पेस गर्ने तयारी समेत गरेको छ ।