Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

यस्तो छ ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ को ट्रेलर


सारांश

यस्तो छ ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ को ट्रेलर
images

काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद–२ ः भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । कात्तिक ४ गते रिलिज हुने चलचित्रको ट्रेलर आज काठमाडौंमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।

 

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेश हुन्छ । यसपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा नै यो चलचित्रको मुख्य कथानक हो ।

चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी विशेष भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij