एनआरएनए र इनासको भावी नेतृत्वको निर्णायक कुरा गर्न काठमाडौं आए पुष्प बरुवाल
सारांश
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासका ग्लोबल अध्यक्ष पुष्प बरुवाल नेपाल आईपुगेका छन् । एनआरएनएको आसन्न चुनाव र इनासको आसन्न अधिवेशनलाई मध्यनजर गर्दै बरुवाल मंगलबार काठमाडौं ओर्लिएका हुन् ।
युरोप छोड्नुअघि बरुवालले आफ्नो सामजिक सन्जालमा लेखेका थिए-"अब काठमाण्डौमै भेटेर कुरा गरौला र थप रणनीतिका साथ अघि बढौला। एनआरएनए र इनासको भावी नेतृत्वको बारेमा निर्णायक कुराकानी बसेरै गरौला है साथीहरु ।"
नेपाली कला, संस्कृति, साहित्य, संगीत र चलचित्रलाई विश्व बजारमा पुर्याउने सोचले स्थापना गरिएको इनासका संस्थापक अध्यक्ष एवं वर्तमान अध्यक्ष बरुवाल नै हुन् ।
नेपालमा इनास भवन निर्माण गर्ने र कला, सस्कृति सम्बन्धि ग्राम नै निर्माण गर्ने उद्देश्य राखेको इनास हाल विश्वका ७५ वटा भन्दा धेरै देशमा फैलिएको छ।
एनआरएनएको अधिवेशन यहि अक्टोबर १७ देखि २० सम्म र इनासको अधिवेशन आगामी नोभेम्बर ३ तारिखमा हुँदैछ।