सारांश
काठमाडौं । अनन्या फिल्म्सको ब्यानरमा चलचित्र ‘लोकल हिरो’ निर्माण हुने भएको छ ।
निर्माता सरोज न्यौपानेले दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै ‘लोकल हिरो’ निर्माणको घोषणा गरेका छन् ।
रोमान्टिक, कमेडी तथा सामाजिक कथामा बन्ने यो चलचित्रले मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको छ ।
रोमान्टिक–कमेडी–सोसल ड्रामा जनरामा बन्ने यो चलचित्रलाई बलिउडमा काम गरिसकेका विश्वास तिमल्सिना र राज ऋषिले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।