Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्यालेस्टाइनको समर्थनमा हजारौँ जोर्डनवासी सडकमा


सारांश

प्यालेस्टाइनको समर्थनमा हजारौँ जोर्डनवासी सडकमा
images

 एजेन्सी। प्यालेस्टाइनको समर्थन गर्दै हजारौँ जोर्डनवासी सडकमा उत्रिएका छन् । प्यालेस्टाइनीको समर्थनमा शुक्रबार देशभर प्रदर्शन गरिएको हो ।

उनीहरूले प्यालेस्टाइनी लडाकु समूह हमास नियन्त्रित गाजापट्टीमा इजरायलले गरेको आक्रमणको विरोध गरे । गाजामा बढ्दो तनाव रोक्न अन्तर्राष्ट्रिय समुदायसँग आह्वान समेत गरे ।

उनीहरूले सो क्रममा इजरायलको झन्डा समेत जलाएका थिए । उनीहरूले ‘नो अमेरिका, नो इजरायल’ भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij